Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

तामाकोशी–५ जलविद्युत् आयोजना अघि बढाइँदै

तामाकोशी–५  जलविद्युत् आयोजना अघि बढाइँदै

काठमाडौं, ९ वैशाख । ९९.५ मेगावाटको तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण अघि बढाइने भएको छ । माथिल्लो तामाकोशी आयोजना (४५६ मेगावाट)कै पूर्वाधारमा आधारित रहनेगरी निर्माण गरिने तामाकोशी–५ क्यास्केड आयोजनाको हाल वस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

यससँगै आयोजना निर्माणका लागि वित्तीय लगानी जुटाउन प्रक्रिया अघि बढेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी गर्नेगरी प्रस्ताव तयार गरिएको यो आयोजनाको कुल लागत करिब १६ अर्ब रहने बताइएको छ । आधारभूत तयारी पूरा भएमा आगामी आर्थिक वर्षभित्रै निर्माण थालिने प्राधिकरणको भनाइ छ ।

उक्त आयोजनामा माथिल्लो तामाकोशी आयोजनाको विद्युत्गृहबाट निस्किएको पानीको प्रयोग गरिनेछ । ८ किलोमिटरको सुरुङबाट विद्युत्गृहमा पुर्याएर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजना निर्माणका लागि हाल कर्मचारी आवास, कार्यालयलगायत पूर्वाधार बनाउन थालिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x