Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१३.६४ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

१३.६४ प्रतिशतले बढ्यो वैदेशिक व्यापार

काठमाडौं, ९ वैशाख । कोभिड महामारीकै बीच मुलुकको वैदेशिक व्यापारमा दोहोरो अंकको वृद्धि भएको छ । आयात र निर्यात दुवैमा आएको बढोत्तरीले समग्र वैदेशिक व्यापार बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ९ महिनामा मुलुकको वैदेशक व्यापारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको साउनदेखि चैतसम्ममा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको आयात–निर्यात भएको छ । गत आवको पहिलो ९ महिनामा यो १० खर्ब ६१ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

सो अवधिमा आयात निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ । चैतसम्ममा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

आवको ९ महिनामा निर्यात पनि उत्साहजनक रहेको छ । यस अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २०.२३ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा मुलुकबाट ७८ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x