Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

चालू वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको नाफा ३८.१८ प्रतिशतले बढ्यो

चालू वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको नाफा ३८.१८ प्रतिशतले बढ्यो

काठमाडौं, ९ वैशाख । ज्योति विकास बैंकले चालू आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । गत वर्ष ४३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ छ । यो अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.३२ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमा सिमित भएको छ। सञ्चालन नाफा भने ३८.२४ प्रतिशतले बढाएर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ।

यस्तै बैंकको निक्षेप संकलन ४५ अर्ब ३१ करोड रुपैयाँ गरी ३९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *