Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सनराइज बैंकको थप दुुुई शाखारहित बैंकिङ सेवा

सनराइज बैंकको थप दुुुई शाखारहित बैंकिङ सेवा

काठमाडौं, ९ वैशाख । सन्राइज बैंक लिमिटेडले ललितपुरको महांकाल गाउँपालिका वडा नं.–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.–११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

सो दुुुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकले ए.टि.एम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्नेछन् । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले बताएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x