Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको निर्देशन

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, १० वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मूल्यांकन, स्रोत व्यवस्थापनलगायतका आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताएका हुन् ।

सामथ्र्यभन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा विशेष ध्यान दिन आग्रह गरे । संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधनस्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश र स्थानीय तहका पदाधिकारीले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहसँगको समन्वयमा आयोजना छनोट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयनमा सहज हुने धारणा व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x