पुनर्निर्मित धरहराको उद्घाटन
काठमाडौं, ११ वैशाख । पुनर्निर्मित धरहराको उद्घाटन गरिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका हुन् ।
२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।
बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको धरहरा २२ तलाको छ । यसको उचाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिएका छन् ।