Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गोरखा भूकम्पको ६ वर्ष : ६ लाख ३८ हजार निजी आवास पुनर्निर्माण

गोरखा भूकम्पको ६ वर्ष : ६ लाख ३८ हजार निजी आवास पुनर्निर्माण

काठमाडौं, ११ वैशाख । २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख निजी आवासमध्ये ६ लाख ३८ हजार ५४० पुनर्निर्माणण भएका छन् । ६ वर्ष अघिको भूकम्पले घर भत्किएर समस्यामा परेका आठ लाख ११ हजार ७५४ घर धनीले पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्ता वापत् रु एकलाख लिएका छन् । घर सम्पन्न गरेर ६ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

गोरखा भूकम्पको छैटौं स्मृति दिवसका अवसरमा प्राधिकरणले शुक्रवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको बताए । उनका अनुसार प्राधिकरणबाट भएको गुनासो सुनुवाईमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

जोखिम एवं विपन्न वर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ ।

भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको छ । बा¥ह हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x