Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

आगामी आवका लागि डेढ खर्ब बराबरको वित्तीय समानीकरण अनुदान सिफारिश

आगामी आवका लागि डेढ खर्ब बराबरको वित्तीय समानीकरण अनुदान सिफारिश


काठमाडौं, ११ वैशाख । आगामी आर्थिक वर्ष २०७८–७९ का लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान १ खर्ब ५२ अर्ब ५१ करोड रुपैयाँ सिफारिश गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी)ले आगामी आर्थिक वर्षका लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई उक्त परिमाणमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिश गरेको हो ।

७ प्रदेश प्रदेश र ७५३ स्थानीय तहको वित्तीय समानीकरण अनुदानलाई न्यूनतम रकममा आधारित, सूत्रमा आधारित र कार्य सम्पादनमा आधारित रकम गरी एनएनआरएफसीले तीन भागमा वर्गीकरण गरेको छ । आयोगले संविधान प्रदत्त कार्यजिम्मेवारी पूरा गर्न स्थानीय तहका लागि न्यूनतम र सूत्रमा आधारित अनुदान गरी कम्तीमा ६ करोड ५० लाख उपलब्ध हुनेगरी सामान्य समायोजन गरिएको बताएको छ ।

चालू आर्थिक वर्षको प्रदेशलाई ३८ करोड ४८ लाख र स्थानीय तहलाई ८१ करोड ७८ लाखभन्दा बढी सिफारिस गरिएको समितिले बताएको छ । आयोगका अनुसार न्यूनतम, सूत्र र कार्य सम्पादनमा आधारित गरी प्रदेश–१ ले ८ अर्ब ५६ करोड, प्रदेश–२ ले ७ अर्ब ३९ करोड, बागमती प्रदेशले ७ अर्ब ८५ करोड, गण्डकी प्रदेशले ७ अर्ब ४२ करोड, लुम्बिनी प्रदेशले ८ अर्ब २ करोड, कर्णाली प्रदेशले १० अर्ब १४ करोड र सुदूरपश्चिम प्रदेशले ८ अर्ब ५४ करोड पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *