सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध
काठमाडौं, १० वैशाख । सानिमा लाइफ इन्स्योरेन्सले भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ। उक्त व्यवस्थाका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपिआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु रियल–टाइम तथा नन–रियल टाइममा आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने बताएको छ ।