Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यो साता ७ कम्पनीको ३ करोड ८० लाख भन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत

यो साता ७ कम्पनीको ३ करोड ८० लाख भन्दा बढी कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १० वैशाख । यो साता ७ वटा कम्पनीको ३ करोड ८० लाख ३८ हजार ४९५ दशमलव ७३ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । वैशाख ५ गतेदेखि ८ गतेसम्म बैंक, हाइड्रोपावर र लघुवित्त कम्पनीहरुको हकप्रद र बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेका अनुसार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ लाख ५७३ दशमलव बोनस शेयर र १२ हजार ४४२ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो । ५ गते नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र ८ गते नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

यसैगरी ५ गते गरिमा विकास बैंक लिमिटेडको ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, ७ गते साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ८ गते छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले साप्ताहिक रिपोर्टद्वारा जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x