Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

यो वर्ष रासायनिक मलको अभाव नहुने

यो वर्ष रासायनिक मलको अभाव नहुने

काठमाडौं, १० वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो वर्ष रासायनिक मलको अभाव नहुने जनाएको छ। आगामी असार, आउन र असोजसम्मका लागि किसानले मल पाउने अवस्था बनिसकेको मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले जानकारी दिए । उनका अनुसार हाल एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ ।

सरकारले बंगलादेशबाट खरिद गरेर ल्याउन लागेको ५० हजार मेट्रिक टन मध्ये दोस्रो चरणको बाँकी मल पनि छिटै नेपाल भित्र्ने उनले जानकारी दिए ।

यस्तै सरकारले मल अभावको समस्यालाई दीर्घकालिन रुपमा नै हल गरी किसानलाई समयमै मल उपलब्ध गराउन विभिन्न वैकल्पिक कामहरु गरिरहेको जनाएको छ। त्यसका लागि जिटूजी र ग्लोबल टेन्डर गरी मल आयातको बाटो खुला गरिएको छ भने नेपालमै रासायनिक मल कारखाना संचालन गर्ने प्रस्ताव पनि मन्त्रीपरिषद्बाबाट स्विकृत भई आवश्यक प्रक्रिया अघि बढिसकेको सचिव कार्कीले जानकारी दिए ।

हाल नेपाली बजारमा दैनिक एक हजारदेखि १२ सय मेट्रिक टन मल खपत हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x