Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

माछापुच्छ्रे बैंकका अधिकांश सूचकमा सुधार

माछापुच्छ्रे बैंकका अधिकांश सूचकमा सुधार

काठमाडौं, १४ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंक लिमिटेडका अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.०९ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १३.६२ प्रतिशत र सञ्चालन मुनाफा ९.२५ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ १ पैसा पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *