एनआईसी एशिया क्यापिटलका ग्राहकले आइएमई पेबाट रकम भुक्तानी गर्न सक्ने
काठमाडौं, १४ वैशाख । एनआईसी एशिया क्यापिटल लिमिटेड र आइएमई पेबीच रकम भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतासँगै आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत सजिलैसँग भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।