‘आरबीबी मोबाइल बैंकिङ’ महामेलाका विजयी घोषणा
काठमाडौं, १५ वैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबीबी मोबाइल बैंकिङ’ का विजयीको घोषणा गरेको छ । बैंकले मोबाइल बैंकिङलाई प्रवद्र्धनका लागि एफवान सफ्टको सहकार्यमा संचालन गरिएको महामेलामा नयाँ मोवाइल बैंकिङ प्रयोगकर्ताहरुबाट ९ जना विजेता छनोट गरिएको हो ।
बैंकले २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म एक आरबीबी मोबाइल बैंकिङ महामेला आयोजना गरेको थियो । उक्त अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् ।
यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ब्राण्डको एक–एक थान मोबाइल सेट प्राप्त गरेका छन् ।