Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट

नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट

काठमाडौं, १५ वैशाख । बुधबार शेयर बजार परिसूचक नेप्सेमा पुनः गिरावट आएको छ । मंगलबार ९२.४६ अंकले बढेको परिसूचक बुधबार १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा झरेको छ ।

बुधबार कारोबारमा आएका ट्रेडिङ, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेपनि बाँकी अरु सबै घटेको छ । ट्रेडिङ ९.१५, उत्पादन तथा प्रशोधन ५४.६५ र अन्य समूहको परिसूचक १७.७१ अंकले बढेको छ ।

यस्तै कारोबार पनि २ सय १५ कम्पनीको ३ अर्ब ९८ करोड रुपैयाँको मात्र भएको छ। मंगलबार ५ अर्व १० करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा धेरै शेयर कारोबार एनसिसि बैंकको भएको छ। बैंकको २८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सबैभन्दा धेरै कमाउनेमा भने महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशतको बृद्धि छ भने सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनान्सका लगानीकर्ता छन् । यस कम्पनीको शेयर मूल्यमा ६.१५ प्रतिशतले घटेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलीदेखि निषेधाज्ञा लागु हुँदैछ । त्यो अवधीमा पनि शेयर बजार भने खुला रहने छ । लगानीकर्ताहरुले अनलाईनबाट शेयर कारोबार गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x