कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक
काठमाडौं, १७ वैशाख । कामना सेवा विकास बैंकको १० वर्ष अवधिको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक इन्टरनेशनल सेक्युरिटिज आइडिन्टीफिकेशन नम्बर प्राप्त गरेको छ । ऋणपत्रलाई एनपिई ०६८ए११०१ को आइएसआईएन प्राप्त गरेको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । १० वर्ष अवधीको ऋणपत्रको ब्याजदर नौ प्रतिशत छ । बैंकले गत माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ ।
उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । यसले ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गर्ने बताइएको छ।