Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आधारभूत मूल्यमा जीडीपीको वृद्धिदर ३.९८ प्रतिशत रहने

आधारभूत मूल्यमा जीडीपीको वृद्धिदर ३.९८ प्रतिशत रहने

काठमाडौं, १९ वैशाख । चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर आधारभूत मूल्यमा ३.९८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूको आधारमा तयार पारेको तथ्यांक अनुसार उक्त प्रक्षेपण गरिएको हो ।

जीडीपीको उक्त वृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशतले ऋणात्मक रहेको र अघिल्ले आर्थिक वर्षमा ६.३९ प्रतिशत रहेको अन्तिम अनुमान गरिएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको जीडीपीमा प्राथमिक क्षेत्र (कृषि, वन, मत्स्य र खानी तथा उत्खनन)ले २६.४ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यसैगरी जीडीपीमा द्वितीय क्षेत्र (उद्योग र विद्युत् तथा ग्यास, पानीको आपूर्ति तथा निर्माण)को योगदान १२.५ प्रतिशत रहेको आकलन गरिएको छ ।

जीडीपीमा कृषि क्षेत्रको मात्र योगदान भने २५.८३ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान
७४.१७ प्रतिशत रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

जीडीपीमा उक्त वृद्धिदरपछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने विभागले बताएको छ । विभागका अनुसार गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालू मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x