Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बिहीबार नेप्से परिसूचक १२.४७ अंकले घट्यो, ६ अर्ब ८१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक १२.४७ अंकले घट्यो, ६ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, २३ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक १२.४७ अंकले घटेर बन्द भएको छ । परिसूचक ०.४७ प्रतिशतले घटेसँगै बजार २६३७.१३ विन्दुमा रोकिएको हो ।

२१६ कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर ६ अर्ब ८१ करोड रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य वृद्धि भएको छ । यो कम्पनीको मूल्य समायोजनपछि कारोबार भएको हो । आज यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ३ हजार ९७२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएर शेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ । महिला लघुवित्तको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ५ हजार ३० रुपैयाँ पुगेको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ४६ करोड ७४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये ३ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हनेमा बैंकिङ समूह, वित्त समूह र लगानी समूह रहेका छन् । यी समूहको क्रमशः ०.४ प्रतिशत, ०.३१ प्रतिशत र ०.१५ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x