नेपाल पेट्रोलियम डिलर्सको अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

काठमाडौं, २३ वैशाख । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसियसनको वैशाख २० र २१ गतेको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा श्रेष्ठ बिजयी भएका हुन् ।

निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए । बिजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन् । अरु पदहरुमा प्रधान समुहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका थिए ।
आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण समारोह पछि निर्वाचित अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेटे«ालपम्प संचालनको लागि लाइसेन्स दिदा बैज्ञानिक आधारमा दिनुपर्ने बिषयमा एसोसियसनले काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *