Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सन्राइज बैंकको खाता नम्बर राखेर सेलपेबाट कारोबार गर्न सकिने

सन्राइज बैंकको खाता नम्बर राखेर सेलपेबाट कारोबार गर्न सकिने

काठमाडौं, २४ वैशाख । सन्राइज बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गर्ने सम्झौता गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रा.लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै ग्राहकले सेलपेमा आफ्नो सन्राइज बैंकको खातादर्ता गरि मोबाइल नम्बर मार्फत कारोबार गर्न सक्नेछन् । यस मार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स, बीमा रकम भुक्तानी, भुक्तानी लगायत अन्य बिभिन्न कार्य गर्न सकिने छ ।

यो सम्झौताले डिजिटल कारोबार गर्न चाहने ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकको छ ।
हाल बैंकले एक सय ३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र एक सय ६० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x