Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

‘गभर्नर पद लिलामीमा चढेको छ रे, राष्ट्र बैंकको नेतृत्व महिलालाई दिऊँ’ – रोशन कार्की

‘गभर्नर पद लिलामीमा चढेको छ रे, राष्ट्र बैंकको नेतृत्व महिलालाई दिऊँ’ – रोशन कार्की

काठमाडौं, ३१ वैशाख । सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको नेतृत्व यस पटक महिलालाई दिन आग्रह गरेकी छिन् । राष्ट्र बैंकमा गभर्नर पद खाली भइरहेको बेला उनले गभर्नरमा महिलालाई नियुक्त गर्न भनेकी गरेकी हुन् ।

बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद कार्कीले भनिन्, ‘कार्यवाहक गभर्नर निलम ढुङ्गानालाई नै राष्ट्र बैंकको नेतृत्व दिऊँ । निलम ढुङ्गानालाई गभर्नर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गरौँ । अब यता र उता योग्य र अयोग्य मान्छ खोज्नतिर नलागौँ । यसले देशको स्थिति अत्यन्त हास्यास्पद भइरहेको छ । राष्ट्र बैंकको नेतृत्व यस पटक महिलालाई सुम्पिऊ ।’

यस्तै, उनले गभर्नर पद लिलामीका चढेको समेत बताएकी छिन् । ‘राष्ट्र बैंकको गभर्नरको पद लिलामीमा चढेको छ रे । लिलामीको बढाबढमा तीन करोड रूपैयाँ नाघि पनि सक्यो रे’, उनले भनिन् ।

विगतमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाएको र उनीहरूको कार्यकाल सफल र प्रशंसायोग्य रहेको उनले सुनाइन् ।

 

Sanu Thapa

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *