वर्षमान पुनको प्रश्न – किन दुई महिनासम्म गभर्नर नियक्ति गर्न सकिएन ? नेतृत्वले आत्मासमीक्षा गर्ने कि नगर्ने ?

काठमाडौं, ३१ वैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल राष्ट« बैंकको गभर्नर पद रिक्त भएको दुई महिना नाघिसक्दासमेत नियुक्त गर्न नसकिएकोमा असन्तुष्टि पोखेका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्रसम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गभर्नर पद खाली भएको दुई महिनासम्म नियुक्त गर्न सकिएन रु यति नाङ्गो कुरा कसरी सम्बोधन गर्छौं ? यसमा राजनीतिक नेतृत्वले आत्मासमीक्षा गर्ने कि नगर्ने ?’
नेपालमा राजनीतिक नेतृत्वले शासन गरिरहेको छ कि अरुले भन्ने प्रश्न गर्दै उनले अगाडि भने, ‘सेबोनमा अध्यक्ष नियुक्ति गर्न त्यत्रो रस्साकस्सी भयो । अहिले कसको नजिकको गभर्नर, कसको नजिकको सेबोन अध्यक्ष, कसको नजिकको बीमा प्राधिकरणको अध्यक्ष भनेर भन्दाभन्दै कसको नजिकको सचिवसम्म भन्ने वातावरण बनेको छ । राजनीतिक नेतृत्व यो तहमा झरिसकेको छ । यस्तो खालको गतिविधिको जिम्मा कसले लिने ?’
नेपालमा नियामकहरु आफैं खेलाडीका रूपमा अगाडि बढेको देखिएको बताउँदै उनले भने, ‘व्यक्ति हेरेर फरक फरक व्यवहार गर्ने गरिएको छ । प्रधानमन्त्रीका नजिककोहरुलाई हेरिने नजर फरक र अरुकोलाई हेरिने नजर फरक हुनुहुँदैन । यसले समान प्रतिस्पर्धा हुन सक्दैन ।’
यस्तै जनताले आर्थिक सुधार चाहिरहेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पुनले भने, ‘तीव्र आर्थिक विकासको चाहना भैरहेको छ । यसमा राम्रा नराम्रा दुबै देखिन्छन् । राम्राहरुलाई समेट्दै नराम्रा पाटोलाई परिमार्जन गर्नुपर्छ ।’