इन्फिनिटी लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं, २८ वैशाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेका अनुसार मंगलबार (आज) इन्फिनिटीको ३ लाख २५ हजार ९९ दशमलब ५० कित्ता शेयर सूचिकृत भएको हो ।
उक्त शेयरशेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।
कम्पनीको गत माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।