Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जेठ १३ सम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा

जेठ १३ सम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा

काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा १५ दिन थपिएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रमुखहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माणका काम पनि रोक्ने निर्णय समेत गरेको जानकारी दिइएको छ । यसैगरी पार्टी प्यालेसमा विवाह, व्रतबन्ध र भोजजस्ता गतविधिमा पनि रोक लगाउने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा बढी सहभागी हुन नपाइने निर्णय गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x