Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन–इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियाको तयारी पूरा, बिहीवार सहमति हुँदै

हिमालयन–इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियाको तयारी पूरा, बिहीवार सहमति हुँदै

काठमाडौं, २९ वैशाख । लामो समयदेखि चर्चामा रहँदै आएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रक्रियाको तयारी पूरा भएको छ । हिमालयन बैंकका एक सञ्चालकका अनुसार दुई बैंकबीच सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए), स्वाप रेशियो, मर्जरमा लाग्ने खर्च लगायत सबै विषयमा सहमति भइसकेकाले सम्भवतः बिहीवार यससम्बन्धी सम्झौता हुनेछ ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ हुनेछ । यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा हुनेछन् भने डेपुटी प्रमुख कार्यकारीमा इन्भेष्टमेन्ट बैंकबाट ज्योति पाण्डे हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x