Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं, ३० वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप दुई साताका लागि थपिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी मंगलबार सम्पन्न बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

सङ्क्रमण दर नघटेपछि पुनः दुई साता थप गरिएको निषेधाज्ञाको अवधिभरमा यसअघिका केही नियमसमेत परिवर्तन गरिएको छ। अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द रहने प्रशासनले जनाएको छ।

आजबाट अत्यावश्यक सेवाका कार्यालय बन्द हुने छन् । अत्यावश्यक कार्यालयमा पनि न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ । त्यस्तै, विवाह, ब्रतबन्धहरु पनि होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा पनि दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेश छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x