Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइतबार नेप्से परिसूचक ५४ अंकले वृद्धि, १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ५४ अंकले वृद्धि, १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, २ जेठ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च विन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ५४.२१ अंक वृद्धि भएर २७३८.३० विन्दुमा रोकिएको हो । आज कारोबार रमकमा पनि वृद्धि भएको छ । गत कारोबार दिन बिहीबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस अघि फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने माघ २६ गते पनि १० अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

२१४ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनसीसी बैंक लिमिटेड नेपाल इन्फ्रा इस्टक्चर बैंक (निफ्रा)को सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । पुनर्बीमाको ८५ करोड ७ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको र निफ्राको २९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

आज रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर ८८० रुपैयाँ कायम भएको छ । त्यस्तै अन्य ७ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ४.२८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x