Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुग्ध व्यवसायमा दैनिक १० करोड बराबरको नोक्सानी

दुग्ध व्यवसायमा दैनिक १० करोड बराबरको नोक्सानी

काठमाडौं, ३ जेठ । दोस्रो लहरको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाले दुग्ध व्यवसाय प्रभावित भएको छ । निषेधाज्ञासँगै दुग्ध पदार्थको विक्री ६० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् ।

नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय विक्री एवं खपत घट्दा दुग्ध व्यवसायमा दैनिक रू. १० करोड बराबरको नोक्सानी भएको छ । गतवर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म विक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एशोसिएसनका महासचिव प्रल्हाद दाहाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब ३ अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।

चालू पूँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको एशोसिएसनले भनाइ छ । सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेको भन्दै भविष्यमा यसको ठूलो असर पर्ने देखिएको बताइएको छ ।
डेरी एशोसिएसनको तथ्यांकअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x