लक्ष्यको ७५ प्रतिशतभन्दा बढी राजस्व संकलन
काठमाडौं, ३ जेठ । कोभिड महामारीकै बीच पनि सरकारको राजस्व संकलन भने सन्तोषजनक नै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा कुल राजस्व लक्ष्यको ७५.२२ प्रतिशत संकलन भएको छ ।
चालू आर्थिक वर्षमा सरकारको राजस्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ रहेको छ । महालेखाका अनुसार वैशाख मसान्तसम्ममा ७ खर्ब ५९ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ असुली भएको हो ।
संकलित उक्त राजस्वमध्ये कर राजस्व ७ खर्ब ८२ करोड १ करोड ५९ लाख रुपैयाँ रहेको छ भने गैरकर राजस्व ५१ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ रहेको छ । चालू आवमा यी दुवैतर्फको राजस्व लक्ष्य क्रमशः ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ रहेको छ ।
सोही अवधिमा सरकारले अनुदानमार्फत १ अर्ब ७ करोड ५४ लाख रुपैयाँ प्राप्त गरेको छ भने अन्य प्राप्तितर्फ ३६ अर्ब ३२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।