सरकारले एक खर्ब १२ अर्ब आन्तरिक ऋण उठाउदै
काठमाडौं, १० जेठ । सरकारले जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब आन्तरिक ऋण उठाइने भएको छ। सरकारले एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण आर्थिक वर्षको अन्तिम चौमासिकमा उठाउने तालिका रहेकोमा जेठ १३ देखि असार ३ सम्म एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड रुपैयाँ उठाइन लागेको हो ।
यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ सकेको छ । योसँगै चालु आर्थिक वर्ष २०७७–०७८ मा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ ।