Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

उद्योग व्यवसायमा काम गर्ने कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउन उद्योग संगठन मोरङको आग्रह

उद्योग व्यवसायमा काम गर्ने कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाउन उद्योग संगठन मोरङको आग्रह

विराटनगर, १२ जेठ । उद्योग संगठन मोरङले कोभिड १९ को एक मात्र उपचारको रुपमा रहेको कोरोना विरुद्धको खोप आयात गर्न सरकारले आफना सम्पूर्ण संयन्त्रको परिचालन गरि यथाशिघ्र सर्वसाधारणलाई सहज रुपमा खोप लगाउन पाउने व्यवस्थाको सुनिश्चित गर्न माग गरेको छ ।

संगठनले अर्थमन्त्री विष्णु पौडेललाई पत्राचार गर्दै नीजि क्षेत्र तथा संलग्न कर्मचारी कामदारहरु अर्थतन्त्रको अग्रपंक्तीमा रहेर काम गर्ने भएता पनि नेपाल सरकारले हालसम्म खोपको प्राथमिकतामा समेट्न नसकेको, खोप नलगाई उद्योग व्यवसाय सञ्चालन हुन सक्ने अवस्था नरहेको हुदा उद्योग व्यवसायलाई सुचारु गर्दै अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्र तथा सम्बद्ध कामदार तथाकर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमालिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस्तै लकडाउन तथा निषेधाज्ञाका कारण उत्पादन ठप्प भएको, बजारमा गएको लगानी उठ्न नसकेको तथा चालू खर्च यथावत रहेकाले उद्योग÷व्यवसाय क्षेत्रले विभिन्न वैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज रकम भुक्तानी गर्न नसकेको भन्दै कर्जाको किस्ता र व्याजलाई पुँजिकरण गरेर स्थीर कर्जामा थप गरी भुक्तानी म्याद १ बर्ष थप गरिदिने पनि आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *