अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण गरि हस्तान्तरण
रुपन्देही, १३ जेठ । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले निर्माण गरेको सियारी गाँउपालिका वडा नं–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन गरेको छ।
उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालरले उद्घाटन गरेका हुन ।
सोही अवसरमा सिमेन्ट उद्योगले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । सो भवनको उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ लागेको जनाइएको छ।