हिमालयन जनरलको शेयरमूल्य समायोजन
काठमाडौं, १३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर पछिको मूल्य समायोजन गरेको छ । नेप्सेले ३ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य ७४४ रुपैयाँ तोकेको हो ।
कम्पनीको गत कारोबार दिन (मंगलवार) कायम अन्तिम शेयरमूल्य ७६६ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको छ ।
कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न जेठ २८ गते २७औं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू। १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।