Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

काठमाडौंका केही स्थानमा बर्ड फ्लू देखियो

काठमाडौंका केही स्थानमा बर्ड फ्लू देखियो

काठमाडौं, १३ जेठ । काठमाडौं उपत्यकाको केही स्थानमा बर्ड फ्लू देखिएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।

बर्ड फ्लू पुष्टि भएको क्षेत्रबाट रोग तत्काल नियन्त्रणमा लिन त्यहाँ रहेका टर्की तथा कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। कीर्तिपुर नगरपालिकाका दुईवटा तथा चन्द्रागिरि नगरपालिका–२ का कृषकले पालेका टर्कीमा बर्ड फ्लू पुष्टि भएपछि विभागले अन्य घर पालुवा पन्छीमा रोग सार्न सक्ने भन्दै नष्ट गरेको हो।

बर्ड फ्लूको आशंकामा ५३५ टर्की, ४९२ कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९ सय किलो दाना नष्ट गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *