बजार खुलेको १ घण्टामा ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं, २५ जेठ । मंगलबार (आज) बजार खुलेको १ घण्टामा नै ६ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो दिन १२ बजेसम्ममा २ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
आज गुरास फाइनान्स लिमिटेड, जानकी फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुँरास फाइनान्सको शेयर मूल्य १ हजाार २७६ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको ४६२ रुपैयाँ, समृद्धि फाइनान्सको ४४० रुपैयाँ र श्री इन्भेष्टमेन्ट फाइनान्सको ४७३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी सांग्रीला डेभलपमेन्ट बैंकको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएर ४५१ रुपैयाँ कायम भएको छ भने ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको पनि १० प्रतिशतले नै शेयर मूल्य वृद्धि भएर ३७४ रुपैयाँ कायम भएको छ ।