Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

खल्ती डिजिटल वालेटमा बैंक लिंकगर्दा एक सय बोनस

खल्ती डिजिटल वालेटमा बैंक लिंकगर्दा एक सय बोनस

काठमाडौं, २६ जेठ । खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा उक सय रुपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ। जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानीगर्न सकिने यो सेवामार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको जनाइएको छ।

खल्ती बैंक डायरेक्ट सेवामार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंकगर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा एक सय प्राप्त सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमाउपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झट रहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x