Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेशी लगानी भित्र्याउने नयाँ व्यवस्थाको परिसंघले गर्यो स्वागत

विदेशी लगानी भित्र्याउने नयाँ व्यवस्थाको परिसंघले गर्यो स्वागत

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकोमा परिसंघले राष्ट्र बैंकलाई धन्यवाद दिएको छ ।

परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन बढाउन ‘मेक इन नेपाल स्वदेशी’ अभियान अगाडि बढाइहेको जनाकारी दिएको छ । राष्ट्र बैंकको निर्णयले यस अवधारणा कार्यान्वयनमा थप टेवा पुग्ने विश्वास परिसंघको छ । विनियमावलीको विनियम ३ मा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत् नेपाल भित्र्याउन विदेशी लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने व्यवस्थाले नेपालमा पूर्वाधार आयोजनाको अध्ययन अघि बढाउन र उद्योग दर्ताका लागि विदेशी लगानीकर्तालाई सहज हुने विश्वास लिइएको छ।

विनियम ४ मा विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोवापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुने छैन भन्ने व्यवस्था छ । यसले विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन छिटो र सहज हुने परिसंघको विश्वास छ । विनियम ५ मा विदेशी कम्पनी वा लगानीकर्ताले लेखाङ्कनका लागि निवेदन दिएको सात कार्य दिनभित्रमा लेखाङ्कन प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x