Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एक वर्षमा ४ वटा स्थानीय तहमा बैंकका शाखा पुगे, अझै ३ स्थानीय तह बैंकको पहुँच बाहिर

एक वर्षमा ४ वटा स्थानीय तहमा बैंकका शाखा पुगे, अझै ३ स्थानीय तह बैंकको पहुँच बाहिर

काठमाडौं, २ असार । पछिल्लो एक वर्षमा थप ४ वटा स्थानीय तह बैंकिङ पहुँचमा जोडिएका छन् । गत वर्षको बैशाख मसान्तसम्ममा ७४६ वटा स्थानीय तहमा बैंकिङ पहुँच पुगेको थियो भने त्यसयता ४ वटा स्थानीय तह बैंकिङ पहुँचमा जोडिएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा अहिले बैंकका शाखा कार्यालय स्थापना भएका छन् । अब ३ वटा स्थानीय तहमा बैंक पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार धादिङको रुवीभ्याल्ली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपाल स्थानीय तह अझैपनि बैंकिङ पहुँच बाहिर छन् ।

बैशाख मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, २० वटा वृत्त कम्पनी, ७२ वटा लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । यी सबै बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ५९८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x