Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

वीरगञ्ज भन्सारबाट १७ प्रतिशतले बढ्यो आयात

वीरगञ्ज भन्सारबाट १७ प्रतिशतले बढ्यो आयात

काठमाडौं, १३ असार । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट चालू आर्थिक वर्षको ११ महिनामा ४ खर्ब ५६ अर्बभन्दा बढीको वस्तु तथा सेवाको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार जेठ मसान्तसम्मा कुल ४ खर्ब ५६ अर्ब १९ करोड २४ लाख ८३ हजार रुपैयाँ बराबरको पैठारी भएको हो ।

चालू आवको ११ महिनामा उक्त भन्सारबाट भएको आयात गत आवको सोही अवधिको तुलनामा १७.७१ प्रतिशतले बढी हो । गतवर्षको जेठसम्ममा कुल ३ खर्ब ७५ अर्ब ४४ करोड १ लाख २६ हजार रुपैयाँको वस्तु तथा सेवा भित्रिएको थियो ।

भन्सार कार्यालयका अनुसार सोही अवधिमा ४४ अर्बभन्दा बढीको वस्तु तथा सेवा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा यो भन्सारबाट कुल ४४ अर्ब २३ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको निकासी भएको हो । गतवर्षको सोही अवधिमा २९ अर्ब २१ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सारको तथ्यांकले देखाउँछ ।

सो अवधिमा वीरगञ्ज भन्सारबाट निकासी भएको प्रमुख वस्तुमा भटमासको तेल रहेको छ, जुन २८ अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको भन्सारको तथ्यांक छ । भटमास र सूर्यमुखीको तेलसँगै जुस, जाम, दन्तमन्जन, सेन्थेटिक यार्न, कपडा, पिनालगायत वस्तु निकासीको मुख्य सूचीमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x