Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’को डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’को डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल

काठमाडौं, १६ असार । कृषि विकास बैंकले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’का लागि डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडका प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलका सहायक महा प्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कृषि ऋणपत्रको अवधारणा अगाडि सार्दै यसको जिम्मा कृषि विकास बैंकलाई दिएको थियो। बैंकले २४ अर्ब रुपैयाँको कृषि ऋणपत्र जारी गर्ने छ। तर पहिलो चरणमा ६ अर्ब रुपैयाँको मात्र जारी गर्न लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x