सिटिजन्स र सिर्जना फाइनान्सले असार २६ देखि एकीकृत कारोबार थाल्ने
काठमाडौं, १८ असार । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने जनाइएको छ ।
गत जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।