Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

कोरोनाबाट निको हुने दर ९४ प्रतिशत, संक्रमणको जोखिम अझै उच्च

कोरोनाबाट निको हुने दर ९४ प्रतिशत, संक्रमणको जोखिम अझै उच्च

काठमाडौं, १९ असार । नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गएकोमा यसबाट निको हुने दर ९४ प्रतिशत पुगेको छ । हालसम्म ३३ लाख ५७ हजार ८२९ को परीक्षण हुँदा ६ लाख ४२ हजार ५३ जनामा संक्रमण पाइएको थियो, जसध्ये ६ लाख तीन हजार ६०० संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ । कोभिड संक्रमणका कारण ९ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणदर घट्दै गएको भन्दै पछिल्लो समय मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ । यद्यपि संक्रमण दर केही घटेको देखिए पनि जोखिम उच्च रहेको विज्ञहरूले बताएका छन् । कोभिडको तेस्रो लहरको खतरा नजीकै आइपुगेको विज्ञहरूको अनुमान छ । सम्भवतः अक्टोबर नोभेम्बरमा नेपालमा पनि तेस्रो लहर भित्रिन सक्ने आकलन गरिएको छ । पछिल्लो खुलापनले भने त्योभन्दा पनि अगावै प्रभावित गर्न सक्ने बताइको छ ।

कोरोना भाइरसको पछिल्लो स्वरुप या प्रजातिका रुपमा देखिएको ‘डेल्टा प्लस’ यहाँ पनि देखिएको पुष्टि भएको छ । यो स्वरूपले नेपालमा धेरै प्रभाव पार्न सक्ने विज्ञहरूको आकलन छ । सर्वसाधारण जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरे तेस्रो लहरको संक्रमण निकै घातक हुन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले दिएका छन् ।

नेपालमा समेत देखिएको कोभिडको ‘डेल्टा प्लस’ स्वरूप तेस्रो लहरको फैलावटका लागि कारक हुन सक्ने उनीहरूको ठम्याइ छ । यो भाइरसको फैलावट र असर गर्ने दुवै क्षमता अहिलेसम्मका स्वरूपको भन्दा बढी र घातक देखिएको अनुसन्धानहरूले समेत देखाएका छन् ।

नेपालमा महामारी केही घटेको, तर संक्रमणको जोखिम उस्तै रहेको भन्दै उनीहरूले पहिलेको भन्दा अझ बढी स्वास्थ्य सतर्कता अपनाउन र मानिसबीचको भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् । अधिकांश नेपालीले खोप पाउन नसकेको अहिलेको अवस्थामा महामारीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय नै जनस्वास्थ्यका मापदण्ड पालना भएमो विज्ञहरूले जोड दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x