Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बाढी पहिरोले घरबारविहिन भएका परिवारलाई सरकारले ५० हजार सहयोग गर्ने

बाढी पहिरोले घरबारविहिन भएका परिवारलाई सरकारले ५० हजार सहयोग गर्ने

काठमाडौं, २० असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण घरबारविहिन भएका परिवारलाई राहतस्वरुप पहिलो किस्ताका लागि ५० हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको जानकारी गराए । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै मन्त्री
पौडेलले सो जानकारी गराएका हुन ।

मनसुनजन्य विपदका घटनाबाट सयौं घरपरिवार विस्थापित भएको जानकारी दिनुहुँदै उहाँले बाढी पहिरोका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको जानकारी गराए । त्यस्तै, ५०५ निजी घर पूर्णरुपमा क्षति र ११२ घरमा आंशीक क्षति भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ९ वटा विद्यालयको भवनमा क्षति पुगेको पनि उनले बताए । १५ वटा मोटरेबल पुलमा क्षति भएको जानकारी दिनुहुँदै गृहमन्त्रीसमेत रहनुभएका पौडेलले तत्काल कार्ययोजना बनाई क्षति भएका पूर्वाधारको पुनरनिर्माणको काम शुरु भइसकेको बताए ।

मेलम्ची आयोजनाको खानेपानी, सडक र पूर्वाधारका विषयमा विज्ञहरुको टोलीले स्थलगत अध्ययन गरिरहेको र प्रतिवेदनका आधारमा मर्मतको काम शुरु गरिने उनले बताए । मन्त्री पौडेलकाअनुसार २५ वटा जलविद्युत आयोजनामा आंशीक क्षति पुगेको छ । हालसम्म सिन्धुपाल्चोक, मनाङ, दाङ लगायतका जिल्लाबाट धेरैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x