Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइतबार सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुँदै

आइतबार सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुँदै

काठमाडौं, २० असार । स्थानीय बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १ हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x