सिर्जना फाइनान्स र सिटिजन्स बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं, २७ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको छ । शनिबार कार्यक्रम आयोजना गरी ती दुई कम्पनीहरुले एकीकृत कारोबार शुरु गरेको जानकारी दिएका हुन् । यी दुबै कम्पनीले जेठ २७ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुबै कम्पनीले एकीकृत कारोबार शुरु गरेका हुन् । दुबै कम्पनी एक भई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको हो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १०० बराबर ९५ को शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो । यस अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् ।
सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पश्चात यो पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।