Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण १६ प्रतिशत सम्पन्न

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण १६ प्रतिशत सम्पन्न

काठमाडौं, २७ असार । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना समेत नराम्ररी प्रभावित भइरहेकोमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ ।

सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको समग्र भौतिक प्रगति १५ दशमलव ९ र आर्थिक प्रगति २५ दशमलव ५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यलाई उद्धृद्ध गर्दै राससले उल्लेख गरेको छ । काठमाडौंंको बलम्बुस्थित तोतीपाखाबाट शुरू भई धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको बताइएको छ ।

लकडाउनका कारण लक्ष्यमा पुग्न भएको ढिलाइ २ महिनाभित्रै सम्बोधन हुने तथा विगतमा ६ मिटर खनिँदै आएकोमा अहिले दुई सिफ्टमा कर्मचारी खटाएर दैनिक १२ मिटरसम्म सुरुङ अघि बढेको आयोजनाले संसदीय समितिलाई जानकारी गराएको छ ।

जग्गाको मुआब्जा ६ अर्बसहित करिब २२ अर्ब लगानी अनुमान गरिएको २ दशमलव ६९ किलोमिटर लामो यो सुरुङमार्ग २०८० वैशाख १३ (सन् २०२३ अप्रिल २६) अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x