सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने
काठमाडौं, ३१ असार । सेञ्चुरी कमर्सियल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । असार ३० गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले न्यौपानेलाई साउन १ गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
यसअघि न्यौपाने बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए।
प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमले असार २० गते राजिनामा दिएपछि उनलाई जिम्मेवारी दिइएको हो । न्यौपानेले साउन १ गतेबाट बैंकको नेतृत्व लिने छन् ।