Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

बढी भाडा लिने दुई सय ५१ गाडी कारबाहीमा

बढी भाडा लिने दुई सय ५१ गाडी कारबाहीमा

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाभित्र बढी भाडा लिने दुई सय ५१ गाडी कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशत भाडा बढाएको थियो।

तर छोटो दूरीमा समेत मनपरी भाडा लिन थालेपछि अनुगमन थालिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। भाडा बढी लिएको पाईएमा १०३ नम्बरमा फोन गरेर सूचना दिन महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म जरिवाना भइरहेको छ । एउटै सवारीले पटक–पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *