सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ५०० मा कारोबार
काठमाडौं, ६ साउन । स्थानीय बजारमा बुधबार (आज) सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँमा रहेको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १ हजार २८० रुपैयाँमा खरीदविक्री भएकोमा आज प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।