आरबीबी म्युचुअल फन्ड–१ को इकाई बाँडफाँड
काठमाडौं, ८ साउन । आरबीबी म्युचुअल फन्ड–१ को इकाई बाँडफाँड भएको छ । कोष व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले हिजो इकाई बाँडफाँड गरेको हो ।
माग भन्दा बढी आवेदन परेपछि योजनाको आकारमा २५ प्रतिशत थप गरिएको छ । योसँगै आरबीबी म्युचुअल फन्ड–१ को आकार १ अर्ब २५ करोड रुपैयाँ अर्थात १२ करोड ५० लाख इकाई पुगेको छ ।
यसअघि आरबीबी मर्चेन्ट बैंकिङले असार २३ देखि २७ गतेसम्म १० करोड इकाई निष्काशन गरेको थियो । इकाई बाँडफाँड सम्बन्धी विवरण सीडीएस एन्ड क्लियरिङ र आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइटबाट हेर्न सकिनेछ ।